पूर्वप्रधानमन्त्री देउवाका विषयमा मैले नभनेका कुरा समाचारमा आए : ज्योतिष सुरेशचन्द्र रिजाल
काठमाडौं, फागुन १९ : ज्योतिष सुरेशचन्द्र रिजालले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटका विषयमा संचार माध्यामहरुमा आएका समाचारहरु अनुमानित भएको भन्दै...
काठमाडौं, फागुन १९ : ज्योतिष सुरेशचन्द्र रिजालले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटका विषयमा संचार माध्यामहरुमा आएका समाचारहरु अनुमानित भएको भन्दै खण्डन गरेका छन्।
बुधबारसाँझ आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफु देउवा निवासमा प्रसाद लिएर गएको तर दोहोरो कुराकानी समेत नभएको भन्दै संचार माध्यामहरुमा आएका समाचार अनमानका आधारमा आएकोभन्दै भत्सना गरेका छन्। ‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज विहान म पशुपतिको प्रसाद लिएर उहाँको निवास पुगेको थिएँ । भेटको क्रममा मैले अवका तीन महिना त्यति राम्रो छैन भन्ने ज्योतिषिय भविष्यवाणी उहाँलाई सुनाएको हुँ’, ज्योतिष रिजाले फेसबुकमा लेखका छन्, ‘तर त्यस विषयमा उहाँले कुनै प्रतिक्रिया जनाउनु भएको थिएन । तर केही भिडियाहरुमा उहाँले भनेका विचारहरु अनुमानका आधारमा आएकाले त्यसको भत्सना गर्दछु। मैले प्रसाद दिएर फर्किएको हो । त्यो बाहेक उहाँसँग मेरो कुनै कुराकानी नभएको प्रष्ट पार्दछु। संचार माध्यामहरुले समाचार बनाउदा अनुमानको भरमा नबनाउन पनि अनुरोध गर्न चाहन्छु।’











