Kathmandu Press

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

काठमाडौं, जेठ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि हुने सपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली ....

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान
रासस

काठमाडौं, जेठ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि हुने सपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थात गरेका छन्।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य पनि भारत प्रस्थान गरे।  मोदीले आजै साँझ ७ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्दैछन्।

भ्रमणका क्रममा मोदीसँग ओलीको आधा घन्टा छुट्टै एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली भोलि अपरान्ह ५ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, जेठ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्