Kathmandu Press

प्राज्ञिक मर्यादा पालना गर्न प्रधानमन्त्रीलाई पूर्वउपकुलपतिहरुको आग्रह

काठमाडौं, फगुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राज्ञिक मर्यादा पालना गर्न पूर्वउपकुलपतिहरुले आग्रह गरेका छन्।बुधबार १० जना पूर्वउपकुलपतिहरुले संयुक्त प्रेस विज्ञप्ति जारी...
प्राज्ञिक मर्यादा पालना गर्न प्रधानमन्त्रीलाई पूर्वउपकुलपतिहरुको आग्रह

काठमाडौं, फगुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राज्ञिक मर्यादा पालना गर्न पूर्वउपकुलपतिहरुले आग्रह गरेका छन्।

बुधबार १० जना पूर्वउपकुलपतिहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई बिडम्बना भनेका छन्। उनीहरुले प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह पनि गरेका छन्।

मंगलबार झापामादुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने घोषणा गरेका थिए। त्यसलाई पूर्वउपकुलपतिहरुले बिडम्बना भनेका हुन्।

उनीहरुले भनेका छन्, ‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथावा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो। विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो।’

 

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्