Kathmandu Press

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर, फागुन १९ : मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक...
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर, फागुन १९ : मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक र पानीमा डुबेर एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

बकैया गाउँपालिका-९ का ३४ वर्षीय बद्रीलाल वाइबाको बुधबार खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो। प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो।

वाइबा छारेरोगका बिरामी रहेको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।

बकैयामा बुधबार नै ट्याक्टर दुर्घटनामा परी एक बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्याक्टरमा सवार हेटौंमा उपमहानगरपालिका-१७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताए। 

हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना६त ४५३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया–५ को तीनतलेमा दुर्घटना भएको थियो। घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्