Kathmandu Press

नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सुरु 

काठमाडौं, फागुन १९ : नेपाली सेनाको पृतनापति सम्मेलन आजबाट सुरु हुँदै छ ।महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले आजबाट तीन दिने पृतनापति सम्मेलन...
नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सुरु 

काठमाडौं, फागुन १९ : नेपाली सेनाको पृतनापति सम्मेलन आजबाट सुरु हुँदै छ ।

महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले आजबाट तीन दिने पृतनापति सम्मेलन आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म संचालन हुने यस सम्मेलनमा पृतनापतिहरुले आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जङ्गी अड्डाका महानिर्देशनालय र विभागिय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भएरगरेका कामहरुका बारेमा प्रस्तुतीकरण दिने  सेनाले जनाएको छ ।

प्रकाशित मिति: १७:२० बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्