Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभा बुधबारकाे बैठक स्थगित, बिहीबार बस्ने

कैलाली, फागुन १९ : सुदूरपश्चिम प्रदेशसभाको बुधबार बस्ने भनिएको बैठक बिहीबारका लागि सारिएको छ।विशेष कारण भन्दै बुधबारको बैठक स्थगित गरी भोलपल्ट १ बजेका लागि...
सुदूरपश्चिम प्रदेशसभा बुधबारकाे बैठक स्थगित, बिहीबार बस्ने

कैलाली, फागुन १९ : सुदूरपश्चिम प्रदेशसभाको बुधबार बस्ने भनिएको बैठक बिहीबारका लागि सारिएको छ।

विशेष कारण भन्दै बुधबारको बैठक स्थगित गरी भोलपल्ट १ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बुधबारको बैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची थियो।

यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँसेर स्थगित गरिएको थियो।

प्रकाशित मिति: १७:१५ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्