Kathmandu Press

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची, फागुन १९ : सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ।व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि...
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची, फागुन १९ : सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ।

व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आबद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताए।

कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताए ।

सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएस लगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ ।

सन्धिखर्क नगरपालिकाको ७५ लाख र नेपाल बैंक लिमिटेडको ७५ लाख गरी १ करोड ५० लाख रुपैयाँबाट कृषि पेशा गर्ने युवालाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ । 

कोभिडक कारण स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहँुच पु¥याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए।

नागरिकमा वित्तीय पहुँच पु¥याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहँुच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ।

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्