राजश्व अनुसन्धानमा आचार्य र सम्पत्ति शुद्धीकरण विभागमा ठाकुर
काठमाडौं, फागुन १९ : सरकारले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक फेरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभागको...
काठमाडौं, फागुन १९ : सरकारले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक फेरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभागको महानिर्देशकमा रामप्रसाद आचार्य र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकमा गजेन्द्र ठाकुरलाई नियुक्त गरिएको छ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरूवा गरिएको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईको राष्ट्रपतिको कार्यालयमा सरूवा गरिएको छ ।
सरकारले केही दिनअघि ३१ सहसचिवहरूको सरूवा गरेको थियो। त्यसमध्ये निकै शक्तिशाली मानिएका दुई निकाय राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख फेरिएका हुन्।
प्रकाशित मिति: १६:४६ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
