Kathmandu Press

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा, फागुन १९ : दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ। राज्यका गभर्नर डेनाई...
दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा, फागुन १९ : दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ। 

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्। 

उनले विमानमा सवार दुई पाइलटसहित १० जनाको मृत्यु भएको जानकारी दिए।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्