Kathmandu Press

निर्धक्क भएर कोरोनाविरुद्धको खोप लगाउन सभामुखको आग्रह 

काठमाडौं, फागुन १९ : सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन् ।...
निर्धक्क भएर कोरोनाविरुद्धको खोप लगाउन सभामुखको आग्रह 

काठमाडौं, फागुन १९ : सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोरोनाविरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।

सभामुुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएको छ ।’  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उहाँले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गरे ।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्