Kathmandu Press

जिपको ठक्करले विद्यार्थीको मृत्यु

काठमाडौं, फागुन १९ : ललितपुरको एकान्तकुनामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।स१ज ५६७ नम्बरको जिपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया...
जिपको ठक्करले विद्यार्थीको मृत्यु

काठमाडौं, फागुन १९ : ललितपुरको एकान्तकुनामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

स१ज ५६७ नम्बरको जिपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।

उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् ।

गाडी र चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्