Kathmandu Press

विराटनगर महानगरमा राजश्व संकलन अब अनलाइनबाट

मोरङ, फागुन १९ : विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढंगले राजश्व कर तिर्ने व्यवस्थाका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने...
विराटनगर महानगरमा राजश्व संकलन अब अनलाइनबाट

मोरङ, फागुन १९ : विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढंगले राजश्व कर तिर्ने व्यवस्थाका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । 

नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।

कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गरी सहज ढंगले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको महानगर प्रमुख भीम पराजुलीले बताए । अनलाइन प्रविधिबाट नगरवासीले सहजरूपले राजश्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह उनले गरे । 

प्रमुख पराजुलीले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्