तोलामा ५०० ले बढ्यो सुनको मूल्य
काठमाडौं, फागुन १९ : स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार एक हजार सात सय रुपैयाँले घटेको सुनको...
काठमाडौं, फागुन १९ : स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार एक हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएको छ ।
चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।
प्रकाशित मिति: ११:५५ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
