Kathmandu Press

राप्रपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौं, फागुन १८ : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।आगामी केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय निर्वाचन...
राप्रपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौं, फागुन १८ : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।

आगामी केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ। राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले निर्वाचन समिति गठन गरेका हुन्।

नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिको सहसंयोजमा तोरणबहादुर गुरुङ छन्। त्यस्तै, सचिव प्रा.डा. गीताभक्त जोशी, सहसचिव झनक प्याकुरेल तथा सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी र पुष्कर अधिकारी रहेको राप्रपाले जनाएको छ।

 

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्