Kathmandu Press

सृष्टि केसी अब ‘सृष्टिसँग दृष्टि’ संवाद लिएर आउँदै

काठमाडौं, फागुन १८ : मोटिभेसनल स्पिकरको रुपमा चर्चा कमाएकी सृष्टि केसी अब टेलिभिजन प्रस्तोताको रुपमा आउने भएकी छन्। मर्यादा मिडिया प्रालिको प्रस्तुति टेलिभिजन...
सृष्टि केसी अब ‘सृष्टिसँग दृष्टि’ संवाद लिएर आउँदै

काठमाडौं, फागुन १८ :मोटिभेसनल स्पिकरको रुपमा चर्चा कमाएकी सृष्टि केसी अब टेलिभिजन प्रस्तोताको रुपमा आउने भएकी छन्। मर्यादा मिडिया प्रालिको प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर आउन लागेकी हुन्।

विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषयवस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाँउदा आफू झनै रोमाञ्चित भएको केसीले बताइन्। टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘टक शो ठूलो चुनौति हुनसक्छ, तर म तपाईंहरुलाई निराश बनाउँदिन, सफल बनाई छाड्छु।’ 

मर्यादा मिडियाका कार्यक्रम प्रमुख श्याम नेपालले सृष्टिलाई पर्दामा उतारेर समाजको संघर्षको कथालाई बाहिर ल्याउन पाउँदा आफू उत्साहित भएको बताए। यो कार्यक्रम आगामी वैशाख दोस्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिने भएको छ।

यसका लागि पाँच अंक छायाँकन गरिसकिएको छ। कार्यक्रमका मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिइने मर्यादा मिडीयाले जनाएको छ।

 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्