स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा
काठमाडौं, फागुन १८ : उत्तरपश्चिमी नाइजेरियाको जामफाराको एउटा स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा भएका छन्। गत शुक्रबार अपहरणमा परेका ती छात्राहरु...
काठमाडौं, फागुन १८ : उत्तरपश्चिमी नाइजेरियाको जामफाराको एउटा स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा भएका छन्। गत शुक्रबार अपहरणमा परेका ती छात्राहरु मंगलबार रिहा भएका हुन्।
सरकरी अधिकारीहरुले सबै छात्राहरु सुरक्षित रहेको र उनीहरूको रिहाइको लागि कुनै फिरौती तिर्न नपरेको बताएका छन् । सम्पूर्ण छात्राहरूको स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।
बन्दुकधारीको समूहले जामफराको दुर्गम जंगेबे गाउँको सरकारी माध्यमिक विद्यालयबाट तीन सय बढी छात्राको अपहरण गरेको थियो।
जामफारामा यस्तो घटना भएको यो तीन महिनामा तेस्रो हो।
प्रकाशित मिति: १६:११ बजे, मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











