आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिनेछ : नेपाल
विराटनगर, फागुन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका...विराटनगर, फागुन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।
नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राखे ।
नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखे। निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।
प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘देशभक्त तानाशाह’ पढेपछि....शनिबार, मंसिर १, २०८१
पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घर टहरामा भरतपुर महानगरले भत्कायोसोमबार, कात्तिक २६, २०८१
हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्युशुक्रबार, कात्तिक १६, २०८१
अफगानिस्तानले नयाँ दिल्लीको राजदूतावास बन्द गर्याेशुक्रबार, मंसिर ८, २०८०