Kathmandu Press

जुत्ताको तलुवामा लुकाएको चरेससहित एक पक्राउ

वीरगञ्ज, फागुन १८ : पर्साको वीरगञ्ज कारागारमा १० ग्राम चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । कैदीबन्दीलाई भेट्न आएका सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पा मंगलबार...
जुत्ताको तलुवामा लुकाएको चरेससहित एक पक्राउ

वीरगञ्ज, फागुन १८ : पर्साको वीरगञ्ज कारागारमा १० ग्राम चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । 

कैदीबन्दीलाई भेट्न आएका सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पा मंगलबार बिहान पक्राउ परेका हुन् । 

उनी थुनामा रहेका २० वर्षीय भाइ लाक्पा शेर्पालाई भेट्न पुगेका थिए। उनले एउटा झोलामा दाइलाई दिनका लागि जुत्ता ल्याएको प्रहरी नयाब उपरीक्षक  ओमप्रकाश खनालले जानकारी दिए।   

कारागार सुरक्षा गार्डले मिङ्मामाथि चेक गर्दा आफूले ल्याएको जुत्ताको तलुवाबाट १० ग्राम चरेसको धुलो भेटिएको थियो।

मिङ्मा शेर्पालाई नियन्त्रणमा लिएर लागुऔषधको मुद्दामा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्