Kathmandu Press

सुनको मूल्य तोलामा १७ सयलले घट्यो 

काठमाडौं, फागुन १८ : स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन...
सुनको मूल्य तोलामा १७ सयलले घट्यो 

काठमाडौं, फागुन १८ : स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन  एक हजार ७०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा  ८७ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा  ८८ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५०  रुपैयामा कारोवार भएको थियो । 

यसैगरी चाँदी आज तोलामा ४० रुपैयाले घटेको छ । सोमबार एक हजार ३३०  रुपैयामा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९०  रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 
 

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्