तनहुँकाे होटलमा आगलागी, ४० लाख रुपैयाँको क्षति
तनहुँ, फागुन १८ : तनुहँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा आगलागी भएको छ। गए राति २ बजे आसमा भएको आगलाडीबाट करिब ४०...
तनहुँ, फागुन १८ : तनुहँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा आगलागी भएको छ। गए राति २ बजे आसमा भएको आगलाडीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
होटल नजिकै रहेको ट्रान्समिटर पड्किएर आगलागी भएको अनुमारन जिल्ला प्रहरी कार्यालयले गरेको छ। विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको, तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको थियो।
प्रकाशित मिति: १०:०६ बजे, मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











