Kathmandu Press

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल

जुम्ला, फागुन १८: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिको जिम्मेवारी डा. मंगल रावललाई दिइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. रावललाई सोमबार...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल
निमित्त उपकुलपति डा. मंगल रावल ।

जुम्ला, फागुन १८: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिको जिम्मेवारी डा. मंगल रावललाई दिइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।

प्रतिष्ठानका उपकुलपति प्राडा. राजेन्द्र वाग्लेको चार वर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा.रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

चार वर्षदेखि प्रतिष्ठानमा कार्यरत हुम्लाका हाडजोर्नी विशेषज्ञ तथा एसोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत थिए।


यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०९:५६ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्