सेटिनाइजर खाँदा २ जनाको मृत्यु
विराटनगर, फागुन १७ : सेनिटाइजर सेवन गर्दा सोमबार दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । जिल्ला...
विराटनगर, फागुन १७ : सेनिटाइजर सेवन गर्दा सोमबार दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुने एक जना मोरङकै जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल हुन् । पत्नीसँग विवाद भएपछि सेनिटाइजर सेवन गरेको बतायएको छ ।
अर्का मृतक झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइनमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी हुन् । गिरीले भने मदिरा भनेर शनिबार राति सेनिटाइजर सेवन गरेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १८:३३ बजे, सोमबार, फागुन १७, २०७७
थप समाचार






