बजेट आएसँगै सेयर बजारमा उत्साह, सबै समूहमा हरियाली
काठमाडौं, जेठ १६ : आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा वक्तव्यले सेयरमा हरियाली छाएको छ। बजेट सेयर बजारमैत्री आएको भन्दै दोस्रो बजार बढ्ने क्रममा कारो....
काठमाडौं, जेठ १६ : आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा वक्तव्यले सेयरमा हरियाली छाएको छ। बजेट सेयर बजारमैत्री आएको भन्दै दोस्रो बजार बढ्ने क्रममा कारोबार सुरू भएको छ।
आज १२:२० सम्म आइपुग्दा बजार २५ अंकले बढेको छ। जुन बुधबार भन्दा १.७४ प्रतिशतले बृद्धि हो। अहिले बजार बढेर एक हजार तीन सय ३९ अंकभन्दा माथि उक्लिएको छ।
सेयर बजार प्रति अनुदार मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमै सेयरका समस्या समाधान गर्ने कोसिस गरेका छन्। बजेट वक्तव्यको अर्को दिनै आज सबै समूहको सूचक बढेको छ।
लगानीकर्ताका संगठन, ब्रोकर तथा विश्लेषकहरूले बजेटलाई सेयर बजारमैत्री भएको भन्दै विश्लेषण गरिरहेका छन्।
विगत दुई वर्षदेखि सरकारप्रति असन्तुष्ट रहँदै आएका लगानीकर्तालाई अर्थमन्त्री डा.खतिवडाले पूँजीगत लाभकर घटाउनेदेखि सेयर बजारका विवादित विषयलाई बजेटबाटै टुंगो लगाएका छन्।






