Kathmandu Press

दक्षिणी सुडानमा तैनाथ एपिएफको एफपियु सर्वोत्कृष्ट

काठमाडौं, फागुन १७ : दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपियु-१) सर्वोत्कृष्ट हुन सफल भएको छ।सशस्त्र प्रहरी...
दक्षिणी सुडानमा तैनाथ एपिएफको एफपियु सर्वोत्कृष्ट

काठमाडौं, फागुन १७ : दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपियु-१) सर्वोत्कृष्ट हुन सफल भएको छ।

सशस्त्र प्रहरी बलका अनुसार अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनिवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा खटिएका ६ वटा एफपियुमध्ये जुवामा तैनाथ नेपाल एफपियु-१ लाई शतप्रतिशत नतिजा दिएर सर्वोत्कृष्ट युनिटका रूपमा चयन गरेको हो।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ कुनै पनि मिसनका एफपियुहरुबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने प्रचलन रहेको जनाइएको छ।

सशस्त्र प्रहरी अधिकृत तथा जवान गरी १ सय ८० जना कार्यरत सो एफपियुको एसएसपी कुमार न्यौपानेले नेतृत्व गरिरहेका छन् ।

त्यसमा डिपुटी कमान्डिङ अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैरे, चिफ लजिस्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेसन अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा छन् ।

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्