Kathmandu Press

कोरोनाबाट थप तीनको मृत्यु, ७३ मा संक्रमण

काठमाडौं, फागुन १७ : पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु भएको छ भने ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य...
कोरोनाबाट थप तीनको मृत्यु, ७३ मा संक्रमण

काठमाडौं, फागुन १७ : पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु भएको छ भने ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ महिला र ४४ पुरुषमा संक्रमण देखिएको हो। योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घन्टामा तीन हजार ४९ जनाको पीसीआर परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो।  
आज ६४ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ।

यस्तै नौ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

प्रकाशित मिति: १७:५४ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्