Kathmandu Press

एक लाख तिर्नुस्, रंगशालाको कुर्सीमा नाम लेखाउनुस्

काठमाडौं, फागुन १७ : चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमा सर्वसाधारणले नाम लेखाउन पाउने भएका छन् ।धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको...
एक लाख तिर्नुस्, रंगशालाको कुर्सीमा नाम लेखाउनुस्
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौं, फागुन १७ : चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमा सर्वसाधारणले नाम लेखाउन पाउने भएका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको सो रंगशालाकाे कुर्सीमा नाम लेखाउन सहयोगस्वरुप एक लाख रुपैयाँ भने तिर्नुपर्ने हुन्छ ।

फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै  ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरुवात गरेको जानकारी दिँदै एक लाख रुपैयाँ सहयाेग गरी आफ्नो र आफ्नो परिवारका नाममा रंगशालाको प्याराफिटमा कुर्सी राख्न पाउने जानकारी दिएको हो ।

अभियानबारे एक महिनाभित्र मोबाइल एप्स, फेसबुक र विभिन्न सञ्चारमाध्यमबाट विस्तृत जानकारी दिइने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार रंगशालामा सात प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी सिट विभाजन गरिनेछ।

अभियानमा जोडिने दाताले आफ्नो जिल्लाअन्तर्गतको सिट लिन सक्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

२०७५ माघ १६ गते भरतपुर महानगर र फाउन्डेसनबीच सम्झौता भएर रंगशाला बनाउने कार्य सुरु गरिएको थियो।

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्