नीलगाईको आक्रमणबाट एकको मृत्यु

चितवन, फागुन १७ : चितवनको माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
नीलगाईको आक्रमणबाट माडी नगारपालिका–६ का ५५ वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।
प्रकाशित मिति: १६:४८ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











