Kathmandu Press

डोजरले फालेको माटाले पुरिएर महिलाको मृत्यु

धादिङ, फागुन १७ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मृत्यु भएको छ।सोमबार दिउँसो सडक पिच...
डोजरले फालेको माटाले पुरिएर महिलाको मृत्यु

धादिङ, फागुन १७ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो सडक पिच गर्नका लाथि बाटो फराकिलो बनाउने क्रममा डोजरले फालेको माटोले  पुरिएर त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएकी जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्