Kathmandu Press

बालबालिकालाई यातना दिएको अभियोगमा एक पक्राउ

कास्की, फागुन १७ : बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले कास्कीको मादी गाउँपालिका–६ बस्ने ४५...
बालबालिकालाई यातना दिएको अभियोगमा एक पक्राउ

कास्की, फागुन १७ : बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले कास्कीको मादी गाउँपालिका–६ बस्ने ४५ वर्षीय इन्द्रबहादुर थापालाई पक्राउ गरेको हो।

कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको सूचनाको आधारमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

थापा उपर बालबालिका सम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रकृयाअगाडि बढाइएको बताइएको छ । बालबालिकाहरुलाई हाल सिविन नेपालमा राखिएको प्रहरीले जनाएको छ। उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्