जंगलको आगो निभाउन खोज्दा महिलाको जलेर मृत्यु
डोटी, जेठ १६ : जंगलमा लागेको आगो निभाउन खोजदा जोरायल गाउँपालिका–३ सुनिखोलाकी ३६ वर्षीया दुर्गादेवी साहुको मृत्यु भएको छ।
स्थानीय बासिन....

डोटी, जेठ १६ : जंगलमा लागेको आगो निभाउन खोजदा जोरायल गाउँपालिका–३ सुनिखोलाकी ३६ वर्षीया दुर्गादेवी साहुको मृत्यु भएको छ।
स्थानीय बासिन्दाका अनुसार, गाउँ नजिकैको जङ्गलमा आगलागी भएको थियो। जंगलको आगो निभाउन खोज्दा उनको शरीरमा पनि आगो सल्केको थियो।
आगोले जलेपछि गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डोटीमा एक महिनायता जङ्गलमा आगलागी भइरहेको छ। आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वनमा सात सय ८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले बताए।
जंगलमा लागेको आयो स्थानीय बासिन्दा र सुरक्षाकर्मीले निभाउने प्रयास गरिरहेका छन्। तर, नियन्त्रणमा आउन नसकेको डिसीले बताए।











