Kathmandu Press

२०७८ सालमा तीनवटा दसैं

काठमाडौं, फागुन १७ : आगामी वर्ष २०७८ मा तीनवटा दसैं परेको छ। यो वर्षको चैत्र शुक्ल पक्षमा पर्ने चैते दसैं आउने सालको वैशाखमा परेको...
२०७८ सालमा तीनवटा दसैं

काठमाडौं, फागुन १७ : आगामी वर्ष २०७८ मा तीनवटा दसैं परेको छ। यो वर्षको चैत्र शुक्ल पक्षमा पर्ने चैते दसैं आउने सालको वैशाखमा पुगेको हुनाले आगामी वर्ष तीनवटा दसैं  पर्न गएकाे हाे।

आगामी वैशाख ७ गते मंगलबार चैत शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चांग) मा उल्लेख छ।

२०७८ चैत २६ मा पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको छ। बडादसैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ। 
 
असोज २७ गते महाअष्टमी, असोज २८ गते महानवमी र असोज २९ गते विजयादशमी पर्व परेको छ। कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते  सुरु हुनेछ।

दसैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ। लक्ष्मीपूजा कात्तिक १८ मा र भाइटीका कात्तिक २० मा परेको छ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन्।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए। 

यस वर्ष २०७७ असोजमा मलमास (अधिकमास) परेकाले २०७८ मा तीनवटा दसैं परेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: १३:०४ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्