Kathmandu Press

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

काठमाडौं, जेठ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज दिल्ली जाँदै छन्।

मोदी ....

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज दिल्ली जाँदै
फाइल फोटो

काठमाडौं, जेठ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज दिल्ली जाँदै छन्।

मोदी दोस्रो कार्यकालका लागि आज साँझ ७ बजे भारतको प्रधानमन्त्रीका रुपमा सपथग्रहण लिँदै छन्। उनको भारतीय जनता पार्टीले लोकसभाको निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ।

भाजपाले पाँच सय ४५ सिटको लोकसभामा तीन सय ती सिट जितेको छ। जबकी विपक्षी कांग्रेसले ५२ सिट मात्रै जितेको छ।

आज साँझ ७ बजे हुने मोदीको सपथग्रहण समारोहका लागि प्रधानमन्त्री ओली दिउसो दिल्ली प्रस्थान गर्न लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, दिउसो १:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्ने छन्।

आज साँझ नै भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ। उनी भोलि अपराह्न ३:४० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री मोदीको पहिलो सपथग्रहण समारोहमा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखलाई बोलाइएको थियो।

यस पटक भने सार्कलाई छोडेर बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका प्रमुखलाई निमन्त्रणा गरिएको छ।

जसमा पाकिस्तान छैन। पाकिस्तानका प्रधानमन्त्रीलाई नबोलाउन विमस्टेकका राष्ट्रका प्रमुखलाई बोलाउने कार्यक्रम तय गरिएको भारतीय मिडियाले जनाएका छन्।

 

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, जेठ १६, २०७६