Kathmandu Press

प्रहरीको नक्कली फेसबुक पेज बनाउने किशोर पक्राउ

काठमाडौं, फागुन १६ : प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक किशोरलाई पक्राउ गरेको छ।साइबर ब्यूरोको टोलीले प्रहरीको नाममा फेसबुक पेज बनाएर...
प्रहरीको नक्कली फेसबुक पेज बनाउने किशोर पक्राउ

काठमाडौं, फागुन १६ : प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक किशोरलाई पक्राउ गरेको छ।

साइबर ब्यूरोको टोलीले प्रहरीको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि विगार्ने र प्रहरीले गरेको कामकाजप्रति भ्रम फैलाउने र आपराधिक क्रियाकलाप गर्दै हिँडेकाले फागुन १३ मा रुपन्देशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको जानकारी दिए।

पक्राउ प्रज्वललाई विद्युतीय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १८:११ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्