Kathmandu Press

अध्यादेश ल्याउने अभ्यास गर्दै कर्णाली सरकार 

सुर्खेत, फागुन १६ : कर्णाली प्रदेशमा अध्यादेश ल्याउने अभ्यास भइरहेको छ। त्यहाँको प्रदेश सरकारले सदन नबसेको मौका पारेर दुईवटा अध्यादेश ल्याउने योजना बनाएको...
अध्यादेश ल्याउने अभ्यास गर्दै कर्णाली सरकार 

सुर्खेत, फागुन १६ : कर्णाली प्रदेशमा अध्यादेश ल्याउने अभ्यास भइरहेको छ। त्यहाँको प्रदेश सरकारले सदन नबसेको मौका पारेर दुईवटा अध्यादेश ल्याउने तयारी गरिरहेकाे छ।

प्रदेश मन्त्रिपरिषद्को यही फागुन ४ गते बसेको बैठकको निर्णयअनुसार स्वीकृतिका लागि ती अध्यादेश प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष सिफारिस गरिसकिएका छन्।

प्रदेश सरकारका एक मन्त्रीका अनुसार प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) र प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न प्रदेश प्रमुख कलौनीसमक्ष सिफारिस गरिएको हो।

कर्णाली प्रदेशसभाको बैठक नबसेको ६ महिना हुन लागिसकेको छ । असोज २५ गते सूचना टाँसेर प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिए पनि हिउँदे अधिवेशन भने अहिलेसम्म हुन सकेको छैन।

प्रकाशित मिति: १६:२५ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्