डाक्टरको लापर्बाहीले सुत्केरीको मृत्यु भएको भन्दै प्रदर्शन
प्युठान, फागुन १६ : डाक्टरको लापरबाहीका कारण सुत्केरी अनिशा एमसीको मृत्यु भएको भन्दै उनको परिवारका सदस्य तथा आफन्त प्रदर्शनमा उत्रिएका छन्। प्युठान अस्पताल परिसरमा...
प्युठान, फागुन १६ : डाक्टरको लापरबाहीका कारण सुत्केरी अनिशा एमसीको मृत्यु भएको भन्दै उनको परिवारका सदस्य तथा आफन्त प्रदर्शनमा उत्रिएका छन्।
प्युठान अस्पताल परिसरमा भेला भएर उनीहरूले अनिशालाई न्याय देऊ भन्दै नाराबाजी गरेका छन्।
झिमरुक गाउँपालिका–७ तुसारा निवासी २४ वर्षीया अनिसाले बिहीबार उक्त अस्पतालमा शल्यक्रियाका माध्यमले बच्चा जन्माएकी थिइन्।
उनमा थप समस्या देखिएपछि शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो।
त्यसपछि पनि स्वास्थ्य अवस्था झन्झन् जटिल बन्दै गएपछि चिकित्सकहरूले शनिबार मध्यराति बुटवल रिफर गरेपछि त्यता लाने क्रममा बाटामै उनको मृत्यु भएको जनाइएको छ।
प्रदर्शनमा संलग्न भएकाहरूले अनिशाले न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन्।
प्रकाशित मिति: १४:५७ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











