Kathmandu Press

सभापति देउवाद्वारा डा‍. उप्रेतीको निधनप्रति दुःख व्यक्त

काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शंकरप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गगरेका छन्।कांग्रेस झापाका...
सभापति देउवाद्वारा डा‍. उप्रेतीको निधनप्रति दुःख व्यक्त

काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गगरेका छन्।

कांग्रेस झापाका नेता डा. उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौंमा निधन भएको हो।

सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका हुन्।

सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

२०४६ सालको परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार गएका थिए।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा सुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करिब ५० वर्ष चिकित्सा सेवा गरेका थियो।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए । उनको आइतबार नै पशुपतिमा दाहसंस्कार गरिएको छ।

स्व. उप्रेतीका छोरा प्रा.डा. सञ्जीव उप्रेती हुन्।  

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्