Kathmandu Press

सुत्केरीको मृत्यु

झिमरुक, फागुन : प्यूठानकाे झिमरुककी एक सुत्केरीको मृत्यु भएको छ ।झिमरुक गाउँपालिका-७ तुसाराकी २४ वर्षीया अनिशा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा...
सुत्केरीको मृत्यु

झिमरुक, फागुन १६ : प्यूठानकाे झिमरुककी एक सुत्केरीको मृत्यु भएको छ।

झिमरुक गाउँपालिका-७ तुसाराकी २४ वर्षीया अनिशा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आइतबार बिहान बाटामै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए।

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनः शल्यक्रिया गरिएको थियो ।

उनको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए। 

नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । सुत्केरीको शव प्यूठान अस्पतालमा ल्याइएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्