Kathmandu Press

कुन पक्षलाई सहयोग गर्ने भन्ने धारणा बनेको छैन : महामन्त्री कोइराला

हेटौंडा, फागुन १५ : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा अहिल्यै नबनेको बताएका छन्।रेडियो...
कुन पक्षलाई सहयोग गर्ने भन्ने धारणा बनेको छैन : महामन्त्री कोइराला

हेटौंडा, फागुन १५ : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा अहिल्यै नबनेको बताएका छन्।

रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताए। डा. कोइरालाले भने, 'हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ। कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ।'

महामन्त्री डा. कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए। संसद् शुरु भएपछि मात्रै त्यसको टुंगो लाग्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २०:२१ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्