उत्पादन र रोजगारीमा गुणात्मक फड्को मार्ने बजेट आएनः बाबुराम भट्टराई
काठमाडौं, जेठ १५ : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बजेट उत्पादन र रोजगारीमा गुणात्मक फड्....
काठमाडौं, जेठ १५ : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बजेट उत्पादन र रोजगारीमा गुणात्मक फड्को मार्ने गरी आउन नसकेको बताएका छन्।
बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री भट्टराईले भने, ‘ अहिलेको आवश्यकता गुणात्मक ढङ्गले उत्पादन र रोजगारी बढाउने थियो तर गुणात्मक फड्को मार्ने ढङ्गले बजेट आएन।’ डा. भट्टराईले बजेट बजेट लोकप्रिय र वितरणमुखी भएको पनि बताए। उनले यो बजेट विगतकै निरन्तरताको भएको बताए।
नयाँबर्षको बजेट पुरानै निरन्तरतामा देखियो; केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक!यत्तिकैमा भित्री/बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला?त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला?पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन!
— Baburam Bhattarai (@brb1954) May 29, 2019
‘सामान्य अर्थमा ठीकै छ। निरन्तरतामा आएको छ। केही सकारात्मक पक्षहरु पनि छन्,’ डा. भट्टराईले भने, ‘उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भन्सार घटाउने, सार्वजनिक ऐनमा सुधार गर्ने कुरा लगायतका सकारात्मक छन्। सामाजिक क्षेत्रमा शिक्षाका क्षेत्रमा सामाजिक सुरक्षाका कुराहरुलाई सकारात्मक मान्नुपर्छ।’
अहिलेको आवश्यकता भनेको निरन्तरताको बजेट मात्रै नभएको बताउँदै उनले भने, ‘देशको जुन कृषि प्रधान र बेरोजगारीले गााजिएको जुन अर्थतन्त्र छ। यसलाई गुणत्मक ढङ्गले प्रोतसाहन गर्नका लागि केही संरचनात्मक परिवर्तनका कुराहरु आउनुपथ्र्यो। लगानी प्रवद्र्धन गर्नको निम्ति संरचनात्मक सुधारको जुन अपेक्षा थियो। त्यस्तो चाँहि आएन।’






