Kathmandu Press

राजनीतिलाई सही मार्गमा लान जनताको साथ चाहिन्छ : नेता सिंह

काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
राजनीतिलाई सही मार्गमा लान जनताको साथ चाहिन्छ : नेता सिंह

काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन्।

राजधानीमा शनिबार आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र  ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए। ‘स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन । यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने।

पूर्वसांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलोछिटो जनमतमै जानुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताए। चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका पूर्वनिर्देशक प्रा।डा। पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताए। 

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानुन अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए। कोभिडका कारण पेसाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जकी डिन डा। दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताइन् । कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिजमकी प्राचार्य डा। मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन बनाउन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: १८:०४ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्