Kathmandu Press

दुई जना मृत अवस्थामा फेला

काठमाडौं, फागुन १५ : उदयपुरमा एक र रुकुम (पश्चिम) मा एक गरी दुई जना मृत अवस्थामा भेटिएका छन्।प्रहरीका अनुसार शनिबार मृत भेटिएका एक जना...
दुई जना मृत अवस्थामा फेला

काठमाडौं, फागुन १५ : उदयपुरमा एक र रुकुम (पश्चिम) मा एक गरी दुई जना मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार शनिबार मृत भेटिएका एक जना उदयपुरको चौदण्डीगढी नगरपालिका–१० देवधार खोलामा त्रियुगा नगरपालिका–१४ साउने बस्ने ५५ वर्षीय लीलबहादुर मगर हुन्।

त्यस्तै शनिबार नै रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका–१ कल्लदेउडाँडा घर भई बाफिकोट गाउँपालिका–४ छिनखेत बस्ने ४१ वर्षीय मित्रलाल खड्का मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।

ती दुवै घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्