Kathmandu Press

तीन थान भरुवा बन्दुकसहित पक्राउ

मकवानपुर, फागुन १५ : वाग्मती गाउँपालिका–२ सानुबगह आलेडाँडा बस्ने ५० वर्षीय वीरबहादुर लोप्चन तीन थान एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका छन्।लोप्चनको घरमा झगडा...
तीन थान भरुवा बन्दुकसहित पक्राउ

मकवानपुर, फागुन १५ : वाग्मती गाउँपालिका–२ सानुबगह आलेडाँडा बस्ने ५० वर्षीय वीरबहादुर लोप्चन तीन थान एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

लोप्चनको घरमा झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाइराखेको अवस्थामा ती बन्दुक फेला पारेको हो।

त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्