विद्यालयमा आगो लाग्दा करोड बढीको क्षति
तेह्रथुम, फागुन १५ : फेदाप गाउँपालिका-२ ओयाक्जुङस्थित सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । आगलागीका कारण एक करोड बढीको सम्पत्ति जलेर...
तेह्रथुम, फागुन १५ : फेदाप गाउँपालिका-२ ओयाक्जुङस्थित सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । आगलागीका कारण एक करोड बढीको सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।
विद्यालयको प्रशासनिक भवनमा बिहान ३ बजेतिर आगो लाग्न सुरु भएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिए ।
आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रधानाध्यापक दुलालले बताए।
आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट हँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
बिहान १० बजेतिर शिक्षक, विद्यार्थी, स्थानीय अभिभावक तथा प्रहरीको संयुक्त प्रयासले आगलागी नियन्त्रणमा आएको विद्यालयले जनाएको छ ।











