Kathmandu Press

युवक मृत फेला

कैलाली, फागुन १५ : गेटा आँखा अस्पतालनजिकै शनबिार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका...
युवक मृत फेला
सांकेतिक तस्बिर

कैलाली, फागुन १५ : गेटा आँखा अस्पतालनजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ।

मृत फेला परेका रानाको हत्या भएको हुन सक्ने सोही ठाउँका स्थानीयले आशंका गरेका छन्।

प्रकाशित मिति: १३:२८ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्