Kathmandu Press

पहाडी भूभागमा हल्का वर्षा र हिमपाताको सम्भावना

काठमाडौं, फागुन १५ : आज केही पहाडी भूभागमा हल्का वर्षा र हिमपाताको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभाको मौसम पूर्वानुमान...
पहाडी भूभागमा हल्का वर्षा र हिमपाताको सम्भावना

काठमाडौं, फागुन १५ : आज केही पहाडी भूभागमा हल्का वर्षा र हिमपाताको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभाको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षा हुनेछ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

त्यस्तै, फागुन १६ गते दिउँसो प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

फाल्गुन १७ गते दिउसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, राति भने प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्