आरामको सिरानी हालेर आएको बजेट: मिनेन्द्र रिजाल
काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्ष कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री मिनेन्द्र रिजालले बजेटलाई ‘आरामको सिरानी हालेर आएको’ प्....
काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्ष कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री मिनेन्द्र रिजालले बजेटलाई ‘आरामको सिरानी हालेर आएको’ प्रतिक्रिया दिएका छन्।
संसद्बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया जनाउँदै रिजालले भने, ‘दुई सय अर्बभन्दा बढीको आन्तरिक उठाउने भनेको छ। यसबाट हेर्दा दुई अंकको आर्थिक वृद्धि संभव छैन।’
उनले पूँजीगत खर्च बढ्न नसक्ने पनि बताए। रिजालले भने, ‘यो लोकरिझ्याइँको बजेट हुन खोजेको छ। विकासको आधार बन्दैन। छ प्रतिशतको मुद्रा स्फीतिको लक्ष्य राख्नुभो। यसले महंगी बढ्छ। अर्थमन्त्रीलाई अवसर थियो, गुमाउनुभो।’
प्रकाशित मिति: १९:१२ बजे, बुधबार, जेठ १५, २०७६
थप समाचार






