Kathmandu Press

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

ओखलढुंगा, फागुन १४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने दाबी गरेका छन्।रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै...
सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई
शेरधन राई, मुख्यमन्त्री, प्रदेश १

ओखलढुंगा, फागुन १४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने दाबी गरेका छन्।

रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै बिहीबार उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिस्ट (नेकपा) को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी ओलीले नै सरकारलाई निरन्तरता दिने जिकिर गरे ।

मुख्यमन्त्री राईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको बताए । बहुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो।

‘हामी अदालतको फैसला मान्छौं तर यसले मुलुकलाई निकास दिँदैन । अझ अराजक तत्वलाई बल पुग्छ,’ उनले भने, ‘मुलुकलाई फेरि पनि ओलीले नै नेतृत्व गर्नुहुनेछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा उहाँकै नेतृत्वमा हामी पूरा गर्ने अठोटका साथ अघि बढेका छौं।’

संघीय सांसदको खरिदबिक्री सुरु भएको र त्यसको असर प्रदेशसभामा पनि परेको बताउँदै मुख्यमन्त्री राईले बहुमत प्राप्त दल नहुँदा सरकार गठन र सञ्चालनमा अनेकौं झमेला हुने बताए । मुख्यमन्त्री राईले प्रदेश १ मा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असफल बनाइने पनि बताए । 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्