Kathmandu Press

पार्टी वैधानिकताको विवाद चाँडो टुंग्याउन झाँक्रीको आग्रह

बाग्लुङ, फागुन १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले पार्टी वैधानिकताको विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।बिहीबार...
पार्टी वैधानिकताको विवाद चाँडो टुंग्याउन झाँक्रीको आग्रह
नेत्री रामकुमारी झाँक्री

बाग्लुङ, फागुन १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले पार्टी वैधानिकताको विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।

बिहीबार बागलुङमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उनले आयोगले प्रधानमन्त्री केपी ओलीको कुनै चिन्ता नगरी स्पष्ट रूपमा बहुमत केन्द्रीय सदस्य रहेको नेकपालाई वैधानिकता दिनुपर्नेमा जोड दिइन् । अब ओलीले कीराफट्याङ्ग्रा चिह्नबाट आगामी चुनाव लड्ने भन्दै नेत्री झाँक्रीले प्रधानमन्त्रीकाे कटाक्ष गरिन्।

प्रधानमन्त्री ओली आत्मघाती गोल गरेर हारिसकेको टिप्पणी गर्दै नेत्री झाँक्रीले उनका लागि थप गोल गर्ने समयसमेत नभएकाे उल्लेख गरिन् । उनले प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझीलगायतलाई खलपात्रको संज्ञा दिँदै अब उनीहरूबिनाको शक्तिशाली नेकपा बन्ने स्पष्ट पारिन्।

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्