Kathmandu Press

शुक्रबार थपिए ११२ जना कोरोना संक्रमित

शुक्रबार थपिए ११२ जना कोरोना संक्रमित

काठमाडौं, फागुन १४ : नेपालमा शुक्रबार थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ। 

त्यस्तै शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ। 

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्