पूर्वअर्थमन्त्री महतको टिप्पणी- विगतको जस्तै एकात्मक बजेट ल्याइयो
काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकले धान्नै नसक्ने गरी जबरजस्ती बजेट ल्याइएको टिप्पणी गरेका छन....
काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकले धान्नै नसक्ने गरी जबरजस्ती बजेट ल्याइएको टिप्पणी गरेका छन्।
बजेट सार्वजनिक भएपछि काठमाडौंप्रेससँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री डा. महतले एकात्मक सरकारको बजेट जस्तो भएको आरोप लगाए। संघीय सरकारको बजेट विगतको जस्तो एकात्मक बजेट भएको आरोप लगाउँदै उनले तल्लो तहका सरकारलाई वेवास्था गर्न खोजेको बताए।
सुन्दा राम्रो मात्रै बजेट भएको तर कार्यान्वयन नै हुन नसक्ने खालको बजेट ल्याइएको आरोप महतले लगाए। बजेट व्यापक दुरुपयोग हुन सक्नेसमेत महतले शंका व्यक्त गरे। सामाजिक सुरक्षामा प्रणालीगत सुधार गर्नुपर्नेमा यस वर्ष झनै बजेट विगारिएको आरोप लगाए।
उनले सांसदहरुले ६ करोड बजेट लिनु पनि संघीयताको उपहास भएको आरोप लगाए।






